नारायणगढको पुतलीबजार क्षेत्र सिल

चितवन । कोरोना भाइरसको संक्रमण देखिएपछि चितवनको नारायणगढ क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ । बिहीबार कोरोना संक्रमण पुष्टि भएका ७९ वर्षीय वृद्धका छोरा र बुहारीमा पनि कोरोना पोजिटिभ देखिएपछि नारायणगढमा सतर्कता अपनाइएको हो ।

सतर्कताका लागि संक्रमितको घर रहेको पुतलीबजार क्षेत्र सिल गरिएको छ ।जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) सूर्यबहादुर थापाका अनुसार पुतलीबजार क्षेत्र सिल गरिएको हो ।

भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उनीहरूमा पनि संक्रमण पुष्टि भएको हो । ४६ वर्षीय छोरा र ३८ वर्षीया बुहारीमा संक्रमण पुस्टि भएको थियो । उनीहरू भरतपुर महानगरपालिका–१ पुतलीबजार क्षेत्रका स्थायी बासिन्दा हुन् ।

संक्रमितको घर रहेको वरपर सर्वसाधारणलाई आवतजावतमा पूर्णरुपमा रोक लगाइएको डिएसपी थापाले जानकारी दिए । शुक्रबार साँझ सुरक्षाकर्मी राखेर त्यस क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ ।

एकै घरका तीन जनामा संक्रमण देखिएपछि उनीहरुको प्रत्यक्ष सम्पर्कमा रहेकाहरुको पहिचान गर्ने क्रममा रहेको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *