प्रकाश सुवेदीले आफुलाई मानमर्दन गरेको नायिका पुजा शर्माको दावि

काठमाडौं । नायिका पुजा शर्माले सञ्चारकर्मी प्रकाश सुवेदीले आफ्नो शारिरीक हाउभाउलाई लिएर अत्यन्त क्षुब्ध शब्द प्रयोग गरेर मानहानी गरेको बताएकी छन् । अन्तरवार्ताका लागि प्रकाश सुवेदीले बोलाउँदा आफु विगतको अन्तरवार्ताबाट मानसिक तनावमा रहेकोले आउन नसकेको बताउँदा एपी वान टेलिभिजनमा रजतपट फिल्मी कार्यक्रम सञ्चालन गर्ने प्रकाश सुवेदीले अशिष्ट, अभद्र र अमर्यादित शब्द प्रयोग गरेको जिकिर गरेकी छन ।

नायिका पुजाले आज सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफुले प्रकाशलाई प्राइमटाइम टेलिभिजनमा अन्तरवार्ताका क्रममा गल्तीहरु बोलेकोले इडिट गरेर प्रकाशित गर्न अनुरोध गरेपनि पछि इडिट नगरी प्रकाशित गरिदिएको समेत बताएकी छन् । अन्तरवार्तामा आफुबाट गल्ती भएको अन्तरवार्ता प्रकाशित भएपछि चैं आफु ट्रोलको शिकार भएको र पुनः त्यस्तै हुने होकी भनेर सचेत भएर प्रकाश सुवेदीले बोलाउँदा जान नसकेको बताएकी छन् ।

पुजाले कति चूप रहने ? कति सहने ? भन्दै भनेकी छन्,‘प्राइम टिभीमा अन्तरवार्तामा बोलाइयो गएँ सामान्य ज्ञान सँग सम्बन्धित प्रश्न गरियो, इन्टरभ्यू चल्दा चल्दै मैले पत्रकार प्रकाश सुबेदीजीलाई मैले राम्रो गर्न सकिन प्लिज यो काटिदिनुस, भने मान्नु भएन । त्यो चिज प्रसारण भयो भाइरल भयो मेरो थुप्रै ट्रोलहरू बने, आफ्नै गल्ति हो भनेर चूपचाप बसे ।’

पुजाले अगाडी भनेकी छन्,‘पछि जब प्रकाशजी एपी वान जानु भो मलाई पुनः अन्तरवार्तामा आउ पुजा भनेर भन्नु भो, म मानसिक तनाब झेलिरहेको थिए, अब फेरी पूरानो गल्ति कसरी गर्न सक्थे ? म त्रसित पनि थिए, त्यसैले मैले सरी दाइ म आउन सक्दिन भने ।’

नायिका पुजाले आफुले अन्तरवार्तामा आउन सक्दिन भनेकै कारण प्रकाश सुवेदीले अत्यन्त क्षुब्ध शब्दहरु प्रयोग गरेको बताएकी छन् । ‘तर त्यसपछि उहाँले आफ्नो कार्यक्रममा मलाई लक्षित गरेर ‘दारा निस्केको, महानायिका’ भनेर शारीरिक हाउभाउलाई लक्षित गरेर अत्यन्त क्षुब्ध ढंगले प्रस्तुत गरेर मेरो मानहानी गर्न कुनै कसर छोड्नु भएन ।’

पुजाले एउटा पत्रकारले यस्तो अशिष्ट, अभद्र र अमर्यादित शब्द प्रयोग गर्न मिल्छ ? भन्दै प्रश्न पनि गरेकी छन् । ‘पत्रकारले गर्न सक्ला मानौं, के टेलिभिजनमा यस्ता असभ्य कुरा सम्पादन गर्ने कुनै निकाए छैन ?’ उनले प्रश्न उठाएकी छन् ।

साथै पुजाले हरेक ट्रोलको शिकार देखि, अभद्र व्यवहार प्रति कलाकार सधैं मौन नै रहनु पर्ने ? भन्दै प्रश्न गरेकी छन् । प्रकाश सुवेदीलाई कार्यक्रममा आफुप्रति अशिष्ट शब्द प्रहार गरेको प्रति प्रश्न गर्दा प्रकाश सुवेदीले आफुले कसैको नाम लिएर नभनेको प्रतिक्रिया दिएको बताएकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *