बोइङ ७३७ विमान दुर्घटनाग्रस्त, दुवै पाइलटसहित १७ जनाको मृत्यु

काठमाडौं । एयर इन्डियाको विमान केरलको कालिकट विमानस्थलमा दुर्घटनाग्रस्त हुँदा पाइलटसहित १७ जनाको मृत्यु भएको छ । संयुक्त अरब इमिरेट्सको (दुबई)बाट आएको एयर इन्डियाको आईएक्स-१३४४ बोइङ ७३७ विमान अवतरणका क्रममा दुर्घटनाग्रस्त भएको हो ।

दैनिक भास्करले उल्लेख गरेको समाचार अनुसार विमानमा चालकदलका सदस्यसहित १९० जना थिए । दुर्घटनामा परी दुई जना पाइलटसहित कम्तीमा १७ जनाको मृत्यु भएको हो । १९० जनामा १२८ पुरुष, ४६ महिला, १९ बालबालिका, ४ क्रू मेंबर्स र २ पाइलट थिए । दुर्घटनामा घाइते १६० यात्रुमध्ये ३० जनाको अवस्था गम्भिर छ ।

विमान धावनमार्गबाट चिप्लिएर ठोक्किँदा दुई टुक्रा भएको भारतीय सञ्चारमाध्यमले बताएका छन् । विमान दुई टुक्रा भए पनि आगलागी भने नभएको कम्पनीले जनाएको छ ।

उक्त विमानमा कोरोना महामारीका कारण दुबईमा फसेका भारतीय नागरिकलाई उद्धार गरी ल्याइएको थियो । यसअघि सन् २०१० मा मेङलोर विमानस्थलमा एयर इन्डियाको एउटा विमान दुर्घटना हुँदा १५८ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *