संक्रमित पत्रकारको व्यवस्थापन गर्न प्रदेश सरकारको ध्यानाकर्षण

विराटनगर । नेपाल पत्रकार महासंघ प्रदेश १ ले कोरोना संक्रमित पत्रकारहरुको व्यवस्थापनका लागि प्रदेश सरकारको ध्यानाकर्षण गरेको छ ।

विराटनगरका थप दुई जना पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमित पत्रकारको संख्या तीन पुगेको छ । महासंघका प्रदेश १ अध्यक्ष विक्रम लुइँटेलले प्रदेशको स्वास्थ्यसमेतको जिम्मेवारी प्राप्त सामाजिक विकासमन्त्री जीवन घिमिरेसँग पत्रकारलाई अलग्गै आइसोलेसनमा राख्ने प्रबन्ध गर्न र स्वास्थ्य उपचारको प्रबन्ध गरिदिन ध्यानाकर्षण गरेको जानकारी दिए ।

“अहिले कोभिड अस्पतालहरु भरिएको र पत्रकार संक्रमण समेत बढ्न थालेकोले उनीहरुलाई व्यवस्थापन गरिदिन औपचारिक रुपम आग्रह गरिएको छ ।”अध्यक्ष लुइँटेलले भने ।

स्थानीय उद्घोष दैनिकमा कार्यरत दुई जना पत्रकारलाई कोरोना संक्रमण देखिएको हो । पत्रिकाले शनिबारदेखि आफ्नो प्रकाशन बन्द गरेको हो । पत्रिकाका कर्मचारीमा रुघामर्कीको समस्या देखिएपछि अन्य पत्रकारहरुको स्वाब परीक्षण गराउँदा दुई जनामा कोरोना संक्रमण देखिएको हो ।

दुबै जना पत्रकार निवासमै सेल्फ आइसोलेसनमा छन् । कुनै स्वास्थ्य समस्या नभएको र परिवारका सदस्यमा समेत समस्या नभएको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *