कोरोना प्रभाव : प्राधिकरणको आम्दानी ४३ प्रतिशतले घट्यो

काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड १९) महामारीका कारण मुलुकको हवाई यातायात क्षेत्रको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को को वार्षिक आम्दानी ४३ प्रतिशतले घटेको छ ।

हवाई उडानको आयमा निर्भर हुने प्राधिकरणको कोभिड– १९ को प्रभावले मुख्य आम्दानी न्यून हुन गई कतिपय कार्यक्रमलाई अगाडि बढाउन नसकिएको प्राधिकरणलले जानकारी दिएको छ ।

प्राधिकरणले सार्वजनिक गरेको वार्षिक प्रगति विवरणअनुसार आर्थिक वर्ष २०७६/७७ मा प्राधिकरणको करिब ४ अर्ब ५० करोड अर्थात् ४३ प्रतिशतले आम्दानी घटेको हो ।

प्राधिकरणले नियमित आम्दानीका रुपमा पिएससी, ल्याण्डिङ, पार्किङ, नेभिगेसन, रेन्ट आदिमा आम्दानी गर्छ । त्यस्तै विमानस्थल विकास शुल्कबापतको आम्दानी जोडिन्छ ।

आम्दानी घटेकै कारण प्राधिकरणले चालू आव २०७७/७८ का लागि रु ४१ अर्ब ११ करोड तीन लाख बजेट विनियोजन गरेको छ । अघिल्लो आव २०७६/७७ का लागि ४६ अर्ब ९६ करोड ५० लाख ९९ हजार बजेट विनियोजन गरिएको थियो ।

यसपटक कोभिड–१९ का कारण विमानस्थलको आय घटेकाले प्राधिकरणले चालू आवका लागि अघिल्लो वर्षको तुलनामा केही कम बजेट विनियोजन गरिएको जनाएको छ ।

प्राधिकरणका महानिर्देशक राजन पोखरेलले यसपटकको बजेटमा नयाँ कार्यक्रम नभई निर्माणाधीन अन्तरराष्ट्रिय विमानस्थललाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको बताए ।

बन्दाबन्दीका कारण विकास योजनाको काममा समेत नकारात्मक प्रभाव परेको प्राधिकरणले जनाएको छ । निर्माणाधीन अन्तरराष्ट्रिय विमानस्थललाई प्राथमिकतामा राखेर बजेट ल्याइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *