प्रदेश नं. एकमा ६१ जना नयाँ संक्रमित थपिए

विराटनगर । प्रदेश नं. १ मा शनिबार (आज) ६१ जना नयाँ संक्रमित थपिएका छन् । मोरङमा ४८, सुनसरीमा १० र ३ जना प्रदेश नं. १ बाहिरका जिल्लाका रहेका छन् ।

मोरङमा विराटनगरका २६ पुरुष ७ महिला, बुढीगंगाका १२ पुरुष, धनपालथान, कटहरी र उर्लाबारीका १–१ जना महिला, सुनसरीको धरानका २ महिला २ पुरुष, दुहवीका ३ पुरुष १ महिला, इनरुवाका २ पुरुष, महोत्तरीका १ महिला १ पुरुष र सप्तरीका १ पुरुष कोरोना रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको अनुसार प्रदेश नं. १ मा कोरोना संक्रमितको संख्या १ हजा ३ सय ८३ पुगेको छ भने प्रदेश नं. १ मा आज नै १ हजार ५ सय ३४ जनाको पीसीआर परीक्षण गरिएको छ ।

परीक्षण गरिएकामध्धे १४ महिला र ४७ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश नं. मा आजसम्म ५१ हजार ६ सय ६६ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *