नेपोलीलाई हराउँदै बार्सिलोना पुग्यो क्वाटरफाइनलमा

काठमाडौं । स्पेनिस क्लब बार्सिलोना यूईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराति अन्तिम १६ को दोस्रो लेगमा नापोलीलाई ३-१ ले हराउँदै समग्रमा ४-१ को नतिजा सहित बार्सिलोनाले अन्तिम ८ मा स्थान सुरक्षित गरेको हो ।

बार्सिलोनाको जितमा क्लेमेन्ट लेंगलेट, लियोनेल मेसी र लुइस स्वरेजले एक एक गोल गरेका थिए भने नापोलीका लागि लेरेन्जो इनसाइनले एक गोल गरेका थिए । योसँगै बार्सिलोना च्याम्पियन्स लिगको क्वाटरफाइनलमा जर्मनी च्याम्पियन बायर्नम्युनिखसँग अगस्त १४ मा खेल्ने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *