सिसिएमसीको बैठक बस्दै, लकडाउनबारे समीक्षा हुने

काठमाडौं । कोभिडि-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)को बैठक बस्दैछ । लकडाउनबारे समीक्षा गर्न बैठक आज बस्न लागेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्र गुरागाईंका अनुसार कोरोना संक्रमितको अवस्था विश्लेषण गरी लकडाउन मोडालिटीको समीक्षा गर्न सिसिएमसीको बैठक बस्ने तय भएको हो । यसअघि शनिबार बैठक बस्ने भनिएपनि अन्तिम समयमा आएर स्थगित गरिएको थियो ।

सोही बैठकलाई आजका लागि सारिएको सिसिएमसीका सदस्यसचिव समेत रहेका गुरागाईंले जानकारी दिए । नेपालमा पछिल्लो समय संक्रमितको संख्या बढ्दै गएको छ । सरकारले लकडाउन अन्त्यको घोषणा गरेसँगै मानिसको चलहपहल बढेपछि संक्रमित बढेका हुन् ।

यहि अवस्थामा २ सय भन्दा बढी संक्रमित भएका जिल्लामा सवारीमा जोरबिजोर प्रणाली लागू गरिसकेको छ भने १४ बढी जिल्लाका विभिन्न तहमा निषेधाज्ञा जारी गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *