कोरोना संक्रमणबाट पोखरामा एक पुरुषको मृत्यु

काठमाडौं । कोरोना संक्रमणबाट पोखरामा एक जनाको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको कोभिड-१९ उपचार केन्द्रमा उपचाररत ६२ वर्षीय पुरुषको गएराति ११ः३५ मा मृत्यु भएको हो ।

उनी पोखरा महानगरपालिका-१९ निवासी हुन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक डाक्टर अर्जुन आचार्यका अनुसार मृत्यु भएका वृद्ध डाइयबिटिजका बिरामी थिए ।

गएको १७ साउनमा कोरोना पोजिटिभ देखिएपछि उनलाई आइसीयुमा राखेर उपचार भइरहेको थियो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमितको मृत्यु भएको यो तेस्रो घटना हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *