वीपी प्रतिष्ठानका दुई चिकित्सकमा देखियो कोरोना

सुनसरी । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जना चिकित्सकलाई पनि कोरोना पोजेटिभ देखिएको छ ।

प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले प्रतिष्ठानको इएनटी र बायोकेमेष्ट्री विभागका दुई जना डाक्टरको पिसिआर रिपोर्ट पोजेटिभ आएको बताए । उनीहरु पुरुष चिकित्सक रहेका छन् ।

ती दुई चिकित्सकले आफुलाई शंका लागेर पिसिआर जाँच गराएको बताइएको छ । उनीहरु आफैं आइसोलेट भएर बसेका थिए । अहिले कन्ट्याक ट्रेसिङको काम भइरहेको छ । कोरोना पोजेटिभ देखिएका दुवै चिकित्सकको अवस्था सामान्य रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *