कुशासनविरुद्ध सरकारलाई कलात्मक खबरदारी गर्दै साझा पार्टी [१० तस्वीरमा हेर्नुस्]

२०७७ साउन २५ गते
![कुशासनविरुद्ध सरकारलाई कलात्मक खबरदारी गर्दै साझा पार्टी [१० तस्वीरमा हेर्नुस्]](https://www.makalukhabar.com/wp-content/uploads/2020/08/cover-photo.jpg)
साझाको कला विद्रोह। तस्वीरः मकालु खबर।
काठमाडौं । साझा पार्टीले प्रतिस्थापन कला विद्रोहमार्फत् देशमा देखिएका विकृति–विसङ्गति हटाउन सरकारलाई खबरदारी गरेको छ ।
सरकारले जनभावना नबुझेको र जनताको अभिभावक बन्न नसकेको भन्दै भन्दै ‘३६५ दिननै गाईजात्रा’ प्रतिस्थापन कला विद्रोहमार्फत् सांकेतिक खबरदारी गरेको साझाका केन्द्रीय सदस्य प्रकाशचन्द्र परियारले मकालु खबरलाई जानकारी दिए ।
नेता परियारका अनुसार वाइडबडी प्रकरण, ७० करोड कमिसन काण्ड, अख्तियार आयुक्त राजनारायण पाठक प्रकरण, ओम्नी प्रकरण, निर्मला हत्याकाण्ड, अंगिरा पासी हत्या, एसिड आक्रमण, गीता ढकालका हत्यारा उन्मुक्ति काण्ड, नवराज विकलगायतको हत्या, बालुवाटार जग्गा प्रकरणमा सरकारले ठीकसँग दायित्व पूरा गर्न नसकेकाले रचनात्मक किसिमले खबरदारी गरेको हो ।
थप तस्वीरहरु हेर्नुस्

२०७७ साउन २५ गते
प्रतिक्रिया
सम्बन्धित