थप दुई कोरोना संक्रमितको मृत्यु, मृतक संख्या ७५ पुग्योः स्वास्थ्य मन्त्रालय

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप दुई जना कोरोना भाइरस (कोभिड १९) संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १९ बस्ने ६२ वर्षीय पुरुषको साउन २४ गते राति मृत्यु भएको हो ।

त्यस्तै पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर दुई बस्ने २० वर्षीया महिलाको पनि कोरोना संक्रमणबाट साउन २४ गते बिहान मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिए । उनकाे नारायणी अस्पतालमा मृत्यु भएकाे हाे ।

याेसँगै नेपालमा काेराेना संक्रमणबाट ज्यान गुमाउनेकाे संख्या ७५ पुगेकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *