भोलिदेखि सवारी साधनको नामसारी नहुने, यातायातको कर र राजस्व भने लिने

काठमाडौं । यातायात व्यवस्था कार्यालयले आज एक सूचना जारी गरि साउन २६ गतेदेखि सवारी साधनको नामसारी लगायतका काम अर्को निर्णय नभएसम्मको लागि स्थगित गरेको छ ।

बागमती प्रदेश ललितपुरको यातायात व्यवस्था कार्यालयले कार्यालयले आज एक सूचना जारी गरि साना र ठूला सवारीको भोलिदेखि नामसारी लगायतका काम नगर्ने बताएको छ ।

भोलिबाट यातायात कार्यालय एकान्तकुनाबाट ग्राहकले वार्षिक कर तिर्ने, बीलबुक नविकरण गर्ने र इम्बोस्ड नम्बर प्लेट जडानको लागि राजस्व दाखिला गर्ने मात्रै सेवा पाउने छन् । यी बाहेक अन्य कुनै किसिमको सेवा नपाउने कार्यालयको सूचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *