अंगरक्षकलाई कोरोना पुष्टि भएपछि नेकपा महासचिव पौडेल आइसोलेशनमा 

काठमाडौं । अंगरक्षक [पीएसओ[मा कोरोना संक्रमण पुष्टि भएपछि नेकपा महासचिव विष्णु पौडेल आइसोलेशनमा बसेका छन् ।

अंगरक्षकलाई कोरोना संक्रमण पुष्टि भएपछि महासचिव पौडेल आइतबार(आज)देखि आइसोलेशनमा बसेका हुन् ।

शुक्रबार दिइएको स्वाबको रिपोर्ट आइतबार आउँदा पौडेलका पीएसओमा संक्रमण पुष्‍टि भएको हो ।

सोही दिन गरिएको परीक्षणको शनिबार प्राप्त रिपोर्ट अनुसार महासचिव पौडेलसहित अन्य सबैको नेगेटिभ आएको स्रोतले जनाएको छ ।

पीएसओलाई संक्रमण पुष्टि भएपछि महासचिव पौडेल आइतबारदेखिनै आफ्नै निवासमा आइसोलेसनमा बसेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *