लगानी बोर्डको सिइओे नियुक्ति गैरकानूनी भन्दै अदालतमा रिट

२०७७ साउन २५ गते

लगानी बोर्डको नवनियुक्त सीइओ, सुशील भट्ट। फाइल फोटो।
काठमाडौं । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतको (सिइओ) नियुक्तिविरुद्ध अदालतमा मुद्दा दर्ता भएको छ । सिइओे नियुक्तिको विषयमा विवाद हुदै आएको थियो ।
अधिवक्ता जयबहादुर भुजेलले आइतबार सुशील भट्टको नियुक्तिविरुद्ध पाटन उच्च अदालतमा निवेदन दर्ता गरेका हुन् । उक्त निवेदनमा मन्त्रिपरिषद्को साउन १९ गतेको निर्णयको सो नियुक्तिसम्बन्धी निर्णय कार्यान्वयन नगर्न नगराउन अन्तरिम आदेश जारी गर्न माग गरिएको छ ।
निवेदनमा नेपाल सरकार मन्त्रिपरिषद्, लगानी बोर्ड, लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्तिका लागि सिफारिस समिति र सुशील भट्टलाई प्रतिवादी बनाइएको छ । रिट निवेदनमा भुजेलले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतको रुपमा भट्टको नियुक्ति पहिलो चरणमै गैरकानूनी रहेको देखिएको भन्दै उक्त नियुक्तिउपर उत्प्रेषणको परमादेश माग गरेका हुन् ।

२०७७ साउन २५ गते
प्रतिक्रिया
सम्बन्धित