चीनमा नयाँ भाइरस देखियो, ६० जना संक्रमित, ७ जनाको मृत्यु

काठमाडौं । चीनमा फेरि अर्को नयाँ भाइरस देखा परेको छ । एसएफटिएस नामक नयाँ भाइरसका कारण पूर्वी जियाङसुर अन्हुुई प्रान्तमा झन्डै ६० जना संक्रमित भइसकेका छन् भने ७ जनाको मृत्यु भइसकेको छ ।

विज्ञहरुले उक्त नयाँ भायरसलायृ प्राणघातक भनेका छन् । साधारणतया उक्त भाइरस किराले टोकेपछि फैलिने भएपनि मानिसबाट पनि फैलनसक्ने विज्ञहरले बताउका छन् ।

प्राणघातक यस रोगको लक्षणका रुपमा ज्वरो, खोकी, थकान र वान्ता रहेका छन् । त्यस्तै, यसले ह्वाइट ब्लड सेल्सलाई कम गर्दै लान्छ । एसएफटिएस् नौलो रोग भने होइन, यस रोग पहिलोपटक २००९ मै हुवेइ र हेनान प्रान्तमा देखिएको थियो । अहिले फेरि फैलिरहेको यस भाइरसको मृत्युदर १६ देखि ३० प्रतिशत रहेको चिनियाँ इन्फर्मेशन सिस्टम फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले जनाएको छ ।

‘प्रारम्भिक रुपमा यो संक्रमण किराको टोकाइले फैलने भएपनि मानिसबाट मानिसमा हुने संक्रमणलाई नजर अन्दाज गर्न सकिन्न्,’ झिजियाङ विश्वविद्यालयका डाक्टर सेन्ग जिफाङले ग्लोबल टाइम्ससँग भने । रगत वा र्यालबाट यो सर्न सक्ने उनले बताए ।

यो भाइरस २०१५ मा जापान र दक्षिण कोरियामा फैलिएको थियो र त्यतिबेला मृत्युदर ३० प्रतिशतभन्दा माथि थियो । यो भाइरसले वृद्धवृद्धा र प्रतिरोधी क्षमता भएका व्यक्तिमा विशेष हानी गर्छ ।

२०१८ मा विश्व स्वास्थ संगठनले एसएफटिएसलाई इबोला, सार्स र जिकासँगै अध्ययन अनुसन्धान गर्नुपर्ने प्राथमिकता रहेका रोगहरुको सूचीमा राखेको थियो । एजेन्सी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *