सिसिएमसीको निर्णय : स्थानीय तहको समन्वयमा आइसोलेसन र क्वारेन्टिन विस्तार गर्ने

काठमाडौं । सरकारले देशभर सथानीय तहको समन्वयमा आइसोलेसन र क्वारेन्टिन विस्तार गर्ने भएको छ ।

कोभिड—१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी)को आइतबार बसेको बैठकले उपत्यका लगायत देशका अधिकांश जिल्लामा संक्रमितको संख्या बढ्दै गएकाले आइसोलेसनको अभाव देखिएको भन्दै थप व्यवस्था गर्ने निर्णय गरेको हो।

स्थानीय तह र जिल्ला संकट व्यवस्थापन केन्द्रको समन्वयमा आइसोलेसन र क्वारेन्टिनको थप व्यवस्था गर्ने निर्णय भएको समितिका एक सदस्यले बताए ।

बैठकले सरकारले तोकेका स्वास्थ्य मापदण्डहरु पालना नगर्दा संक्रमणको जोखिम सँगै मृत्युदर बढेको निष्कर्ष निकालेको छ। अत्यावश्यक काम बाहेक बाहिर ननिस्किन र निस्कनै परे स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गर्न पनि बैठकले आग्रह गरेको छ। कोरोनाको जोखिम बढ्दै गएकाले सबैलाई सुरक्षीत रहन भनिएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *