आज साउन २६ गते सोमबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल [भिडियोसहित]

आजको पञ्चाङ्ग
वि.सं.२०७७ साल साउन २६ गते । सोमबार । ईश्वी सन् २०२० अगष्ट १० तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । भाद्र कृष्णपक्ष । तिथि–सप्तमी,अहोरात्र । नक्षत्र– अश्विनी,३८ घडी १३ पला,बेलुकी ०८ बजेर ५० मिनेट उप्रान्त भरुणी । योग–शूल,०५ घडी ३८ पला,बिहान ०७ बजेर ४७ मिनेट उप्रान्त गंड । करण– भद्रा,बेलुकी ०५ बजेर २० मिनेट उप्रान्त बव । आनन्दादिमा–राक्षस योग । चन्द्रराशि–मेष । काठमाडौंमा सूर्योदय ०५ बजेर ३२ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ४४ मिनेट । दिनमान ३३ घडी ०० पला ।

आजको बार बेला ।
बिहान ५ बजेर ३२ मिनेटसम्म अमृत बेला ।
बिहान ५ बजेर ३३ मिनेटदेखी बिहान ७ बजेर ११ मिनेटसम्म काल बेला ।
बिहान ७ बजेर १२ मिनेटदेखी बिहान ८ बजेर ५० मिनेटसम्म शुभ बेला ।
बिहान ८ बजेर ५१ मिनेटदेखी बिहान १० बजेर २९ मिनेटसम्म रोग बेला ।
बिहान १० बजेर ३० मिनेटदेखी मध्यान्ह १२ बजेर ०८ मिनेटसम्म उद्धेग बेला ।
मध्यान्ह १२ बजेर ०९ मिनेटदेखी दिउसो १ बजेर ४७ मिनेटसम्म चर बेला ।
दिउसो १ बजेर ४८ मिनेटदेखी दिउसो ३ बजेर २६ मिनेटसम्म लाभ बेला ।
दिउसो ३ बजेर २७ मिनेटदेखी साझ ५ बजेर ०५ मिनेटसम्म अमृत बेला ।
साझ ५ बजेर ०६ मिनेटदेखी बेलुकी ८ बजेर ०५ मिनेटसम्म चर बेला ।
नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृतबेलाको समय पार्नुहोला ।

राहुकाल
बिहान ०७ बजेर ११ मिनेटदेखी बिहान ०८ बजेर ५० मिनेटसम्म रहने ।

आजको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) राम्रा काम गर्न सकिने हुनाले सामाजिक नेतृत्व हात लागी हुने योग रहेकोछ । काममा विशिष्ट व्याक्तिहरुको सहयोग रहनेछ । पढाइ लेखाइलाई सुधार गर्दै वौद्धिक क्षेत्र फराकिलो बनाउन सकिनेछ । प्रियजन भेट हुनुका साथै भौतिक बस्तु उपाहारको रुपमा प्राप्त हुनेछ । बोलीको भरमा चिताएका काम सम्पादन हुने हुनाले आर्थिक रुपमा सुदृड हुन सकिनेछ । राजनीति तथा समाजसेवा गर्नेहरुले जनताको समर्थन पाउने योग रहेकोछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) खर्च भावमा गोचर गरिरहेको चन्द्रमाले सामान्य स्वास्थ्य सम्बन्धी समस्या आई औषधि उपचार खर्च बढेर जानेछ । अरुकै लहैलहैमा लाग्दा दैनिक कामहरु थाती रहनेछन् । आफन्त तथा परिवारजनलाई धेरै समय दिनु पर्नेछ । नीति पुर्वक काम नगर्दा दण्ड तथा जरिवाना हुन सक्छ । तरपनि विदेशमा बसेर अध्ययन तथा काम गर्नेहरुका लागी दिन शुभ रहनेछ । राशिस्वामी शुक्र धन स्थानमा रहेकोले आकश्मिक धन तथा सम्पतीको योग रहेकोछ । आफ्नो प्रेम पात्रबाट उपहार प्राप्त हुनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) नयाँ काम गरेर आम्दानिका स्रोतहरु बढाउन सकिनेछ । व्यापार व्यापारमा लगानि गरि आम्दानिका स्रोत बढाउन सकिनेछ । आर्थिक विषयबस्तुसँग सम्बन्धीत पुस्तकहरुको अध्ययन गरि वौद्धिक क्षेत्र फराकिलो बनाउन सकिनेछ । बिभिन्न अवसरहरुले पछ्याउने हुँदा राम्रा तथा देखिने काम काम गर्न सकिनेछ । सरकारि धन तथा पृत्रिक सम्पति हात लागि हुने प्रसस्त सम्भावना रहेको छ । प्रेम प्रशङगमा रमाउन चाहनेहरुका लागि दिन राम्रो रहेकोछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) निर्णायक तहमा पुगिने तथा निर्णय क्षमतामा बृद्धि हुनेछ । तपाईँको कार्यशैलि सबैले मन पराउने हुँदा समाजमा राम्रा काम गरि नाम तथा दाम दुवै कमाउन सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने नयाँ ठाउमा लगानि गर्ने बाताबरण बन्नेछ । ईष्टमित्र,आफन्तहरुका साथ जम्घट भई मिठो मसिनो स्वादिष्ट भोजनमा साथ रमाउन सकिनेछ । नयाँ काम पाउने प्रवल सम्भावना रहेकोछ भने नोकरिमा बढुवा हुनेछ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) अध्यात्मभाव जागृत हुनुको साथै धार्मिक तथा परोपकार काममा मन जानेछ । अध्ययन तथा खोजीमुलक कामका सवालमा छोटो दुरिको यात्रा हुनेछ । धार्मिक तथा बौद्धिक पुस्तक अध्ययन गर्ने अवसर जुर्नेछ । भाग्य तथा समयले साथ दिने हुनाले सानो लगानीबाट पनि मनग्गे धन आर्जन गर्न सकिनेछ । पैत्रिक धन तथा सम्पतीको प्रयोग गरि कृषि तथा पशुपालन व्यावसायमा लगानी गरि आम्दानी बढाउँन सकिनेछ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) कष्ट भावमा गोचर गर्ने मध्ययम चन्द्रमाले मेसिन तथा औजारको प्रयोग गर्दा ध्यान दिनुहोला । आफन्त तथा दिदि बहिनीहरु तपाईँकै व्यावहारले टाडिन सक्छन् । काम तथा अध्ययनको सवालमा कष्टकर यात्रा नहोला भन्न सकिन्न । आफ्नो गोप्य कुरा अरुले थाहापाई आलोचना गर्न सक्छन् । मन मिल्ने साथिसँग छुट्टिनु पर्दा मन खिन्न हुनेछ भने घर परिवारमा पति पत्नी विच मनमुटाब बढ्नेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) फाईदाका स्रोत पहिचान गरि व्यापारमा लगानी गर्दा पछिसम्म आम्दानी भईरहनेछ । काम गर्नको लागी औजार तथा प्रविधि सहजै जुटाउन सकिनेछ । एकल तथा साझेदारी व्यावसायमा लगानी गर्नेहरुका लागी आजको दिन शुभ रहनेछ । धन तथा ज्ञानको भण्डार बढ्नेछ भने जीवन आनन्दमय रहनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागी समयले साथ दिनेछ । मनोरञ्जनात्मक पुस्तक अध्ययन गर्न पाईने हुनाले दिन उल्लासमय हुनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) प्रतिस्पर्धा भावमा गोचर गर्ने शुभ चन्द्रमाले नोकरि तथा अध्ययनमा हुने प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । लामो समयदेखि रोकिएर बसेका काम बन्ने तथा अदालती निर्णयहरु तपाईँकै पक्षमा फैसला हुनेछ । ऋण तथा रोगबाट मुक्ति पाईने समय रहेकोछ । आफन्त तथा मावली पक्षबाट भनेजस्तो सहयोग पाईने योग रहेकोछ । प्रेममा एक अर्काको विश्वास जिति रमाउँन पाउदा मन हर्शित हुनेछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) बिद्या भावमा गोचर गर्ने शुभ चन्द्रमाले अध्ययनमा अरुभन्दा अग्र स्थानमा तपाईँको नाम आउनेछ । शेयर बजार तथा अन्य क्षेत्रमा गरिएको लगानीबाट आजको दिन सन्तोषजनक नाँफा कमाउँन सकिनेछ । शुभचिन्तक तथा आफन्तको सहयोग पाईने तथा छोरो छोरिको प्रगति देख्न पाईने हुनाले मन प्रशन्न हुनेछ । अध्ययनकै सवालमा छोटो दुरिको यात्रा हुनेछ । मन परेको मानिसबाट उपाहार तथा भौतिक सम्पती प्राप्त हुनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) तपाईँले शुरु गर्नुभएको काममा बिभिन्न बाधा तथा अवरोधहरुको सामना गर्नुपर्नेछ । गोप्य योजनाहरु सार्वजनिक गर्न केहि समय पर्खदा राम्रो हुनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा प्रशस्त समय खर्चिय पनि भनेजस्तो नतिजा हात नलाग्न सक्छ । घर परिवार,आफन्त तथा आमासँग घरायसि कुरामा बिवाद सिर्जना हुनेछ । तरपनि कृषि तथा पशुपालन व्यावसायमा समय लगानि गर्नेहरुका लागि भने समय उत्तम रहेकोछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) पराक्रम भावमा गोचर गर्ने शुभ चन्द्रमाले उद्योग तथा व्यापारमा लगानी गरि नाँफा कमाउन सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ । छोटो दुरिको रमाईलो यात्रा गर्न सकिनेछ । छिमेकी तथा दाजुभाईले सहयोग गर्ने हुनाले पुरुषार्थी काम गर्न सकिनेछ । माया प्रेममा नजिक हुन सकिने तथा दाम्पत्य जीवनको गाठो कसिलो भएर जानेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) मिठो मसिनो तथा स्वादिष्ट भोजनका साथ रमाईलो गर्दै दिन कटाउन सकिनेछ । बोलिको प्रभाव बढ्ने तथा थोरै बोलेर महत्वपूर्ण कामहरु फत्ते गर्न सकिनेछ । प्रेम प्रसङमा आफुले मायालुलाई आफ्नै वरिपरि देख्न पाउदा मन खुसि हुनेछ भने पति पत्निबिच मायाको डोरो कसिलो भएर जानेछ । फेसेनेवल तथा बिलाशि सामानको व्यापार व्यावसायबाट मनग्गे आम्दानि गर्न सकिनेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुनाले नतिजा तपाईँकै पोल्टोमा पर्नेछ ।

तपाईँको दिन शुभ रहोस् ।

  • ज्यो.डिपी उपाध्याय ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *