सरकारको ध्यान अयोध्यापुरीमा, अस्पतालले भर्ना नलिँदा नागरिकले ज्यान गुमाएको देख्दैन : अध्यक्ष डा लोहनी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले सरकारले नागरिकको जिउधनको रक्षा गर्न नसकेको बताएका छन् । कोरोना महामारीकाबीच नागरिकले अस्पतालको सेवा नपाउँदा ज्यान गुमाउनु परेको तर सरकारको ध्यान त्यसतर्फ नगएको अध्यक्ष लोहनीको आरोप छ ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस् लेख्दै अध्यक्ष उनले पर्साको विरगन्जमा अस्पतालले भर्ना नलिँदा युवतीले अकालमै ज्यान गुमाएकोतर्फ सरकारको नजर नपुगेको जिकिर गरे । ‘नेकपाको समाजवाद उन्मुख चरित्र विरगन्जमा देखिन थालेको छ,’ अधयक्ष लोहनीले लेखेका छन्- ‘विरगन्जमा अस्पतालले बिरामी भर्ना नलिँदा नागरिकहरु मर्न थालेका छन्, यो सरकारको सद्दे आँखाले देखेको छ कि छैन ?’

उनले प्रश्न गर्दै ‘अयोध्यापुरीमा मन्दिर निर्माणका लागि रकम दिन घोषणा गर्ने तर नागरिकको ज्यान जाँदा समेत वेवास्ता गर्नुलाई कुन समाजवादी धर्मले व्याखा गर्दछ’ भनेका छन् । ‘अयोध्यापुरी गाउँमामन्दिर निर्माण गर्न रकमको कुनै कमी हुन नदिने सरकारी घोषणा हुन्छ भने विरगन्जमा अस्पताल नपाएर मान्छे मर्नुको यथार्थतालाई कुन समाजवादी धर्मले व्याखा गर्दछ ?’ उनले भनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *