वीरगञ्जमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु, २२ नयाँ संक्रमित थपिए

काठमाडौं । वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु भएको छ । नारायणी कोरोना विशेष अस्पताल गण्डकमा उपचारको क्रममा मृत्यु भएबी ४५ वर्षीया महिलाका कोरोना पुष्टि भएको हो ।

उनको शनिबार राती मृत्यु भएको थियो । मृत्युपछि नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणका क्रममा रिपोर्ट पोजेटिभ आएको हो । उच्च रक्तचाप र थाइराइडको विरामी उनलाई श्वास प्रश्वासमा समस्या भएपछि उपचारका लागि अस्पताल ल्याइएको थियो ।

थप २२ जनामा कोरोना पुष्टि
पर्समा थप २२ जनामा कारोना संक्रमण पुष्टि भएको छ । आइतबार राति आएको नतिजा अनुसार ६ महिलासहित २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमित १८ वर्षका युवकदेखि ५० वर्षसम्मका उमेर समूहका महिला पुरुष रहेको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *