सुनको मूल्य आज पनि घट्यो, कारोबार कतिमा?

काठमाडौँ । साताको पहिलो दिन हिजोदेखि घट्न थालेको सुनको मूल्य आज पनि घट्नेको छ । आज सुन प्रतितोला २ सय रुपियाँ घटेको हो । हिजो प्रतितोला ५ रुपियाँ बढेको चाँदीको मूल्य आज भने प्रतितोला १५ रुपियाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख २ हजार ४ सय रुपियाँ, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १ हजार ९ सय रुपियाँ र चाँदीको मूल्य प्रतितोला एक हजार ३ सय ९५ रुपियाँमा निर्धारण गरिएको छ ।

हिजो भने छापावाल सुनको मूल्य प्रतितोला १ लाख २ हजार ६ सय रुपियाँ, तेजावी सुनको मूल्य प्रतितोला १ लाख २ हजार १ सय रुपियाँ र चाँदीको मूल्य प्रतितोला एक हजार ४ सय १० रुपियाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *