मन्त्रिपरिषद् बैठक बस्दै : ‘सेमी लकडाउन्’बारे निर्णय हुन सक्ने

काठमाडौं । सोमबार (आज) मन्त्रिपरिषद् बैठक बस्नदै छ । बैठक साँझ ५ बजे प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बस्ने बालुवाटार श्रोतले जनाएको छ ।

कोभिड १९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)ले भदौ एक गतेदेखि खोल्ने भनिएको अन्तरजिल्ला यातायात र हवाई उडान नखोल्न आइतबार सिफारिस गरेको थियो ।

भदौ १५ गतेसम्म यातायात नखोल्न र हवाई उडान शुरु नगर्न सीसीएमसी)ले गरेको सिफारिसका विषयमा आजको बैठकले निर्णय गर्नेछ ।

कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि काठमाडौं उपत्यकामा सञ्चालनमा रहेको सार्वजनिक यातायात पनि बन्द गर्न उपत्यका मेयर फोरमले गरेको मागका विषयमा पनि आजको बैठकमा छलफल हुनेछ ।

यसअघि साउन ५ गते बसेको मन्त्रिपरिषद् बैठकले भदौ १ गतेदेखि लामो दूरीको यातायात र हवाई उडान सुरु गर्ने निर्णय गरेको थियो ।

आजको बैठकले कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि महत्वपूर्ण निर्णय गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *