सरकारले कर उठाउन थप्यो दुई दर्जन करदाता सेवा कार्यालय

काठमाडौं । सरकारले करको दायरा बिस्तार गन देशभर दुई दर्जन करदाता सेवा कार्यालय थपेको छ । थप गरिएका करदाता सेवा कार्यालयहरु धेरै पहाडी जिल्लाको सदरमुकाममा स्थापना भएका छन् ।

अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष २०७७\७८ देखि संचालनमा आउने गरी २४ वटा करदाता सेवा कार्यालय थप भएका हुन । काठमाडौंको जोरपाटीमा पजि आन्तरिक राजस्व कार्यालय थपिएको छ । अन्य २४ स्थानमा भने करदाता सेवा कार्यालय सञ्चालनमा ल्याइएको हो ।

मन्त्रालयका अनुसार भोजपुुर, जलेश्वर, ओखलढुंगा, लालबन्दी, कलैया र चन्द्रपुरमा करदाता सेवा कार्यालय स्थापना भएको छ ।

त्यस्तै सिन्धुली, मन्थली, चरिकोट, खैरहनी (चितवन), गोरखा, बेसिशहर, परासी र स्याङ्जाको पुतलीबजारमा पनि कार्यालय स्थापना भएको छ । कुश्मा, तमघास, तौतिहवा, चकचके (प्यूठान), सन्धीखर्च, गुलरिया, श्रीनगर (सल्यान), साँफेबगर, अछाम, दिपायलमा गरी चालु आवबाट सञ्चालनमा आउने गरी करदाता सेवा कार्यालय स्थापना गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *