द्धैध चरित्रका कारण पार्टीमा समस्या आयो : नेकपा प्रवक्ता श्रेष्ठ

काठमाडौं । सत्तारुढ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले द्धैध चरित्रका कारण पार्टीमा समस्या आएको टिप्पणी गरेका छन् ।

आफ्नो सामाजिक सञ्जाल (फेसबूक)मा स्थिति राखेका प्रवक्ता श्रेष्ठले पार्टीको जनवादलाई सक्रिय बनाउँदै समस्याको समाधान गर्नु नै आजको मूल आवश्यकता भएको टिप्पणी गरेका हुन् ।

यस्तै उनले गतिरोध अन्त्यका लागि पार्टीमा सिधा छलफल आवश्यक रहेको पनि औंल्याएका छन् । “पार्टीभित्रको अहिलेको एउटा समस्या सिधा र खुला छलफल गर्नुको सट्टाभित्र एउटा कुरा, बाहिर अर्को कुरा र एक ठाँउमा एउटा कुरा, अर्को ठाउँमा अर्का कुरा गर्ने प्रवृत्ति पनि हो । त्यसले समस्या समाधान गर्न सहयोग गर्दैन, बरु जटिल बनाउँछ ।” प्रवक्ता श्रेष्ठले लेखेका छन् ।

केपी ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट हटाउन राजीनामा मागिएसँगै गत डेढ महिनायता नेकपामा आन्तरिक किचलो चर्किएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *