शेयर बजारमा उत्साह, साढे एक अर्बको कारोबार

काठमाडौँ । शेयर बजारमा आज साताको दोश्रोे उत्साह छाएको छ । हिजो ११.३० अंकले बढेको बजार आज उत्साहित हुँदै ३७.७४ अंकले बढेको हो । आज २.७१ प्रतिशतले बढ्दा नेप्से परिसूचक १४३०.४१ अंकमा उक्लेको हो ।

नेप्सेका अनुसार आज १८९ कम्पनीका ४२ लाख ५२ हजार ८ सय ८ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ५५ करोड ५५ लाख १८ हजार ९ सय २३ रुपियाँको कारोबार भएको छ ।

आज सबैभन्दा बढी नेपाल पुनर्बीमा कम्पनीको शेयर किनबेच भएको छ । पुनर्बीमाको ६ करोड ९२ लाख ३ हजार ३ सय ३८ रुपियाँ बराबरको शेयर किनबेच भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *