गोंगबु विभत्स हत्या: प्रहरीद्वारा सुटकेशमा भेटिएकाे शवकाे तस्विर सार्वजनिक

काठमाडाैं । प्रहरीले हिजाे (आइतबार) गाेंगबुमा भेटिएकाे विभत्स शवकाे तस्विर सार्वजनिक गरेकाे छ ।

२४ घण्टा बितिसक्दा पनि शवकाे पहिचान हुन नसकेपछि प्रहरीले तस्विर सार्वजनिक गरेकाे हाे । अपराध महाशाखाले शव चिनेकाे भएमा नजिकैका प्रहरी कार्यालयमा सम्पर्क गर्न पनि आग्रह गरेको छ ।

हिजाे टोखा नगरपालिका–१० स्थित गोंगवु गणेश स्थान नजिकैका  छुट्टाछुट्टै स्थानमा सुटकेशमा शव र जेब्रा झोलामा पुरुषको टाउको फेला परेको थियो । सिसिटिभी फुटेजबाट कुनै क्लु नमिल्दा अहिलेसम्म हत्यारा पनि पत्ता लाग्न सकेकाे छैन ।

यसबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *