पछिल्लो २४ घण्टामा थप ४ जना कोरोना संक्रमितको मृत्युः स्वास्थ्य मन्त्रालय

काठमाडौं । देशभर कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७९ पुगेको छ । आज (सोमबार) थप ४ जनाको मृत्यु भएसँगै मृतक संख्या ७९ पुगेको हो ।

बाँके, पर्साका एक/एक र काठमाडाैंका २ जनाकाे मृत्यु भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले जानकारी दिए । उनका अनुसार बाँकेकाे काेहलपुर नगरपालिका २ बस्ने ७० वर्षीय एक महिलाकाे नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा साउन २५ गते दिउँसाे मृत्यु भएकाे हाे ।

त्यस्तै पर्साकी एक ४५ वर्षीय एक महिलाकाे पनि काेराेना संक्रमणबाट मृत्यु भएकाे छ । उनकाे साउन २५ गते बिहान नारायणी अस्थायी काेभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएकाे हाे ।

यसैगरी काठमाडाैं महानगरपालिका-१० मध्ये बानेश्वर बस्ने ७६ वर्षीय पुरूषकाे काेराेना संक्रमणबाट साउन २६ गते बिहान मेडिकेयर अस्पतालमा मृत्यु भएकाे छ । काठमाडाैंकाे किर्तिपुरकाे ट्याङ्गला फाँट बस्ने ६४ वर्षीय एक पुरूषकाे पनि काेराेना संक्रमणबाट साउन २६ गते मृत्यु भएकाे प्रवक्ता गाैतमले जानकारी दिए ।

याेसँगै देशभर काेराेना संक्रमणबाट ज्यान गुमाउनेकाे संख्या ७९ पुगेकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *