अनमोल र उपासनाको कोरोना रिपोर्ट नेगेटिभ

काठमाडौं । कलिउड अभिनेता अनमाेल केसी र अभिनेत्री उपासना सिंह ठकुरीकाे काेराेना भाइरस (काेभिड १९) रिपाेर्ट नेगेटिभ आएको छ । केहीदिन अघि गरिएकाे दुवैकाे पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको हो ।

अनमोल र उपासनाले एक साता अगाडी यामाहाको एक स्कुटर विज्ञापनको लागि फोटोसुट गराएका थिए । फोटोसुटमा संलग्न एक महिलामा कोरोना संक्रमण देखिएपछि दुवै जनाले परीक्षण गराएका हुन् ।

उपासनाको शुक्रबार साँझ र अनमोलको आइतबार आएको रिपोर्टमा काेराेना नेगेटिभ देखिएकाे हाे ।

अनमोल र उपासना दुवै अहिले फुर्सदमा छन् । अनमाेलको चलचित्र ‘ए मेरो हजुर ४’ लकडाउनका कारण छायांकनको चरणमै राेकिएकाे छ भने उपासनाकाे काम ठप्प जस्तै छ । अहिले फुर्सदकाे समय उनीहरू विज्ञापनहरु छायांकन गरिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *