सन्तोषको नयाँ चलचित्र ‘हु तु तुु’ मा हरिवंशदेखि प्रदीपसम्मका कलाकारहरु अनुबन्धित

काठमाडौं । चलचित्र ‘प्रेम गीत’ का निर्माता सन्तोष सेनले नयाँ चलचित्र निर्माण गर्ने घोषणा गरेका छन् । उनले सोमबार अर्थात् आज सामाजिक सञ्जाल फेसबुक मार्फत ‘हु तु तु’ नामक चलचित्र निर्माण गर्ने घोषणा गरेका हुन् ।

चलचित्र घोषणा गर्दै उनले चलचित्रका लागि छानिएका कलाकारको नाम समेत सार्वजनिक गरेका छन् । आसुसेन फिल्मस् प्रोडक्सनको ब्यानरमा बन्न लागेको यो चलचित्रका लागि वरिष्ठ हाँस्य कलाकार हरिवंश आचार्य, राजाराम पौडेल, माओत्से गुरुङ, चर्चित नायक प्रदीप खड्का, पल शाह, नाजिर हुसेन, गौरव पहारी, सलोन बस्नेत लगायतका कलाकारहरु छनौटमा परेका छन् भने केही कलाकार अझै छनौट हुन बाँकी रहेको निर्माण पक्षले जनाएको छ ।

कमेडी जनरामा बन्ने यो चलचित्रमा छेतेन गुरुङ र सन्तोष सेनको संयुक्त निर्देशन रहने छ । अहिले निर्देशकद्वय गुरुङ र सेन चलचित्रको लेखन लागि पोखरामा रहेका छन् । केही दिनमै लेखन कार्य सकेर उनिहरु काठमाडौं फर्किने छन् । चलचित्रको केही कलाकारहरु समेत छिट्टै छनोट गरेर छायाँकनका लागि जुट्ने निर्माण पक्षको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *