किस्ट अस्पतालमा उपचाररत ५० वर्षीय कोरोना संक्रमितको मृत्यु

काठमाडौं । कोरोना संक्रमणका कारण थप एक जनको मृत्यु भएको छ । ललितपुरको किस्ट अस्पतालमा उपचाररत काभ्रे पाँचखालका ५० वर्षीय एक पुरुष मृत्यु भएको हो ।

निमोनियाको उपचार गराउन आइतबार दिउँसो १ बजे अस्पताल पुगेका उनको कोरोनाको शंका लागेर परीक्षणका लागि नमुना संकलन गरिएको थियो ।

उनको आईसीयूमा उपचाररत गरिरहँदा सोमबार उनको मृत्यु भएको अस्पतालस्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *