रत्ननगर तेक्वान्दो डोजाङको अध्यक्षमा सिलन

चितवन । रत्ननगर तेक्वान्दो डोजाङ्गको तदर्थ समिति गठन गरिएको छ ।

रत्ननगर तेक्वान्दो डोजाङमा खेलेर विभिन्न ठाउँमा डोजाङ संचालन गर्दै आइरहेका सिनियर खेलाडीहरुको सोमवार भएको भेलाले सिलन बरालको अध्यक्षतामा कार्यसमिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा लक्ष्मण परियार, सचिवमा प्रसङ्ग कायस्थ, कोषाध्यक्षमा नबिना खनिया, सह सचिवमा रोशनी लिम्बू रहेका छन् ।

त्यस्तै सदस्यहरुमा सन्जय तामाङ, शर्मिला तामाङ, कृष्ण बहादुर सिकडान, रोहित तामाङ, अमृत श्रेष्ठ र मनिला तामाङ रहेको तेक्वान्दोका अन्तररास्ट्रिय निर्णायक पुष्पराज जोशीले जानकारी दिए । त्यस्तै सल्लाहकारहरुमा रबिन्द्र चौधरी, शंकर सिंह तामाङ, समाजसेवीहरु हरि अधिकारी, रन्जित ढकाल र तोया खनाल रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *