मन्त्रिपरिषदको निर्णय : लामो दुरीका यातायात र हवाई उडान तत्काल नखुल्ने, सीमामा थप कडाई

काठमाडौं । लामो दुरीको यातायात र हवाई उडान भदौ १६ गते बाटमात्रै खुल्ने भएका छन् । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले कोभिड—१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)को सिफारिसअनुसार भदौ १ देखि खुला गर्ने भनिएका तत्काल नखोल्ने निर्णय गरेको हो ।

साउन ५ मा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन अन्त्य गर्दै लामो यातायात, बाह्य तथा अन्तरिक हवाई उडान तथा विद्यालय भर्ना लगायतका गतिविधि भदौ १ गतेदेखि खोल्ने निर्णय गरेको थियो ।

त्यस्तै बैठकले सीमामा पनि थप कडाई गर्ने निर्णय गरेको छ । सीसीएमसीले तोकिएको प्रवेश बिन्दुबाट आवतजावत भइरहेको र सीमापार बजार क्षेत्रमा समेत कारोना संक्रमण फैलिएको भन्दै दैनिक रुपमा किनमेल गर्न, कामदार ल्याउन हुने आवतजावतलाई पूर्ण रुपमा बन्द गर्न निर्णय भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *