आज साउन २७ गते मंगलबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल [भिडियोसहित]

आजको पञ्चाङग
वि.सं.२०७७ साल साउन २७ गते । मंगलबार । ईश्वी सन् २०२० अगष्ट ११ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । भाद्र कृष्णपक्ष । तिथि–सप्तमी,०१ घडी ५५ पला,बिहान ०६ बजेर १८ मिनेट उप्रान्त अष्टमी । नक्षत्र–भरुणी,४४ घडी २१ पला,बेलुकी ११ बजेर १७ मिनेट उप्रान्त कृतिका । योग– गंड,०७ घडी ०८ पला,बिहान ०८ बजेर २४ मिनेट उप्रान्त वृद्धि । करण–बव,बिहान ०६ बजेर १८ मिनेट उप्रान्त बालव,बेलुकी ०७ बजेर १४ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–मुसल योग । चन्द्रराशि–मेष । काठमाडौंमा सूर्योदय ०५ बजेर ३२ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ४३ मिनेट । दिनमान ३२ घडी ५६ पला । श्रीकृष्णजन्माष्टमी व्रत। मोहरात्रि। अष्टमी व्रत। मन्वादि। गोरखकाली पूजा।

आजको बार बेला ।
बिहान ५ बजेर ३३ मिनेटसम्म रोग बेला ।
बिहान ५ बजेर ३४ मिनेटदेखी बिहान ७ बजेर ११ मिनेटसम्म उद्धेग बेला ।
बिहान ७ बजेर १२ मिनेटदेखी बिहान ८ बजेर ५० मिनेटसम्म चर बेला ।
बिहान ८ बजेर ५१ मिनेटदेखी बिहान १० बजेर २९ मिनेटसम्म लाभ बेला ।
बिहान १० बजेर ३० मिनेटदेखी मध्यान्ह १२ बजेर ०८ मिनेटसम्म अमृत बेला ।
मध्यान्ह १२ बजेर ०९ मिनेटदेखी दिउसो १ बजेर ४७ मिनेटसम्म काल बेला ।
दिउसो १ बजेर ४८ मिनेटदेखी दिउसो ३ बजेर २६ मिनेटसम्म शुभ बेला ।
दिउसो ३ बजेर २७ मिनेटदेखी साझ ५ बजेर ०५ मिनेटसम्म रोग बेला ।
साझ ५ बजेर ०६ मिनेटदेखी बेलुकी ८ बजेर ०५ मिनेटसम्म काल बेला ।
नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृतबेलाको समय पार्नुहोला ।

राहुकाल ।
दिउसो ०३ बजेर २५ मिनेटदेखी बेलुकी ०५ बजेर ०४ मिनेटसम्म रहने ।

आजको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) महत्वपूर्ण जिम्मेवारि सम्पादनको गर्ने जिम्मा तपाईको काधमा आउनेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ । मान सम्मान तथा ईज्जत प्रतिश्ठामा बृद्धि भएर जानेछ । सांगितिक माहोलमा जमघट भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेम तथा पति पत्नी बीच मायामा विस्वासको वातावरण बढेर जानेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) यात्राको अधिक सम्भावना रहेकोछ भने विदेशमा उत्पादित सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । सम्मानित काम गरेर चर्चा बटुल्न सकिनेछ भने मान सम्मानमा बृद्धि भएर जाने योग रहेकोछ । अन्य काममा व्यास्त हुनुपर्दा पढाइ लेखाइमा तपाईँको उपस्थिति कमजोर रहनेछ । आफन्तहरुको लागि समय दिनुपर्दा आफ्नो कामभने थाति रहनेछ । सरसफाई तथा बाहिरी वाताबरणमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) आम्दानिका स्रोत पहिल्याउन सकिनेछ भने आयस्रोतका बाटाहरु फराकिला हुनेछन् । पैत्रिक सम्पतिको परिचालन गरि मनग्गे रुपैया पैसा कमाउन सकिनेछ । आफुले माया गर्ने मान्छेलाई आफ्नै आँखा अगाडि देख्न पाउदा मन प्रफुल्लित हुनेछ । पढाइको लगावले वौद्धिक क्षेत्र फराकिलो हुनेछ । कृषि,पशुपालन तथा खरेलु काममा लिन व्यातित हुने योग रहेकोछ । व्यापारमा अरुदिन भन्दा सामान्य वृद्धि हुने योग रहेकोछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) प्रतिस्पर्धी परास्त हुनुका साथै बौद्धिक जमघटमा सैद्धान्तिक बिचार तपाई कै उत्कृष्ट ठहरिनेछ । अध्ययन तथा अध्यापनमा एक कदम अगाडि बढि अरुलाई किनारा लगाउन सकिनेछ । प्रेम प्रसङगमा समय बित्ने हुँदा मन प्रशन्न हुनेछ । व्यापार व्यावसायमा मनग्गे आम्दानि हुनेछ । राजनीति तथा समाजेवामा जनताको साथ तथा समर्थन रहने हुनाले पद प्राप्तीको योग रहेकोछ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) व्यापारमा समय लगानी गर्नेहरुका लागी समय सामान्य रहेकोछ भने खाद्यान्न तथा औषधिजन्य व्यापारबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ । आफन्त तथा शुभचिन्तकको सहयोग पाईने योग रहेकोछ । लेखन तथा साहित्यिक क्षेत्रमा निखारता आउने तथा आफ्ना भनाईहरु प्रविधिको माध्यामबाट मनमानसमा लैजान सकिनेछ । धार्मिक कार्यमा मन जागृत हुने योग रहेकोछ । तरपनि काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाईमा विशेष ध्यान दिनुहोला ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) नयाँ ज्ञान सिक्ने अवसर जुर्नेछ भने खोज तथा अनुशन्धानमा खर्चिएको समयबाट भनेजस्तो नतिजा हात पर्नेछ । बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानि फस्टाएर जानेछ । उद्योग धन्दामा सफलता प्राप्त हुनेछ भने आर्थिक समस्या समाधान भएर जानेछ । ऋण, रोग तथा शत्रुबाट छुटकरा मिल्ने समय रहेकोछ भने प्रतिश्पर्धामा प्रतिष्पर्धिहरुलाई किनारा लगाउदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) पारिवार तथा आफन्तका साथ भेटघाट हुने तथा मिष्ठान्न भोजनमा साथ दिन कटाउन सकिनेछ । भौतिक सम्पती तथा मानव निर्मित बस्तुहरु हात लाग्नेछ । व्यापारमा थोरै समय दिदा पनि प्रशस्त नाँफा हुने योग रहेकोछ । पढाइ लेखाइमा उत्कृष्ट नतिजा हात लाग्नेछ । बिभिन्न स्रोत साधन जुट्नाले उद्योग तथा व्यापारमाबाट राम्रै फाईदा हुनेछ । प्रविधिको प्रयोग गरि आफुलाई समयसापेक्ष अपडेट राख्न सकिनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) दैनिक कारोबारले गति लिने तथा आर्थिक रुपमा सबल हुने समय रहेकोछ । तपाईँको कुरा काट्नेहरु आफै किनारा लाग्नेछन् । लामो समयदेखि रोकिएर बसेका कामहरु बन्ने तथा न्यायिक निर्णयहरु तपाईँकै पक्षमा आउनेछन् । ऋण,रोगबाट मुक्ति मिल्ने हुनाले मन प्रशन्न हुनेछ । आफन्त तथा मावली पक्षको आशिर्वादले काम गर्न जोस जागर बढेर आउनेछ । अध्ययनमा मन जाने तथा श्रमको उचित मुल्याङकन हुनेछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) अध्ययन अध्यापनमा मन जाने तथा नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ । कृषि,पशुपालन,बैक तथा बित्तिय क्षेत्रसँग सम्बन्धित व्यावसायबाट भनेजस्तो लाभ लिन सकिनेछ । रोकियका काम बन्नाले मनग्गे धन आर्जन हुनेछ । चिठ्ठा,उपाहार तथा आकश्मिक धन प्राप्त हुने योग रहेकोछ । प्रेम प्रशङग सकारात्मक बाटोमा अगाडि बढ्नेछ । तरपनि खानपानमा ध्यान दिनुहोला सामान्य पेट सम्बन्धी समस्या आउन सक्छ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) आफन्त तथा मन पर्ने साथिकासाथ छोटो,रमाईलो तथा अर्थपुर्ण यात्रा हुने हुनाले मन प्रशन्न रहनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् भने प्रतिस्पर्धीहरुलाई किनारा लगाउन सकिनेछ । अध्ययन अध्यापनमा मन जाने हुनाले सकारात्मक नतिजा हात पर्नेछ । आफुलाई मन पर्ने भौतिक सम्पति जोड्न पाउदा मन हर्सित हुनेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) छोटो तथा रमाईलो यात्राको तय हुने योग रहेकोछ । उत्पादिन उद्योग तथा व्यावसायमा गरिएको लगानिबाट मनग्गे आम्दानि हुने हुँदा बिलाशि जीवन व्यातित गर्न सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नी बीचको मायाको डोरो कसिलो भएर जानेछ । बिद्यार्थि वर्गहरुले पढाइ लेखाइमा भनेजस्तो सुधार गर्न सक्नेछन् । न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउने हुनाले मन प्रशन्न रहनेछ । तरपनि समय प्रतिकुल रहेकोले सरसफाईमा ध्यान दिनुहोला । अत्यावस्यक काममा बाहेक यात्रा नगर्नुहोला ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) धनभावमा गोचर गर्ने शुभ चन्द्रमाले निर्माण सामाग्री,खाद्यान्न तथा औषधिजन्य समानको कारोबारमा बृद्धि हुने तथा अन्य सामानको व्यापारमा मन्दि आउनेछ । आफन्त तथा कुटुम्बको सहयोग पाईने हुनाले राम्रा काम गर्न सकिनेछ । छोटो दुरिको रमाईलो यात्रा हुने योग रहेकोछ । प्रविधिको सहयोग लिदै अध्ययनलाई निरन्तरता दिन सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेकोछ ।

तपाईँको दिन शुभ रहोस् ।

  • ज्यो.डिपी उपाध्याय ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *