जनकपुरमा थप एक कोरोना संक्रमितको मृत्यु

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट धनुषाको जनकपुरधाममा थप एक जनाको मृत्यु भएको छ । प्रादेशिक अस्पतालको (कोभिड-१९)विशेष अस्पतालको आइसोलेसनमा उपचाररत ६० वर्षीय पुरुषको मृत्यु भएको हो ।

जिल्लाको विदेह नगरपालिका ८ का ६० वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले पुष्टि गरे । उनका अनुसार मृतक करिब २० दिनदेखि कोभिड १९ विशेष अस्पतालको आइसीयूमा उपचाररत थिए ।

उनको शव व्यवस्थापनको तयारी भइरहेको छ । यससँगै धनुषा जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *