जसपालाई सूर्य थापाको जवाफ- अपसंस्कारको प्रदर्शनबाट कहाँ पुगिन्छ ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनता समाजवादी पार्टी (जसपा)ले जारी गरेको विज्ञप्तिको एक अंशप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले एक प्रेस नोट जारी गर्दै विज्ञप्तिको एक अंशमा गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।

विज्ञप्तिमा उल्लेखित टिप्पणी अशिष्ट र पूर्वाग्रही ढंगबाट गरिएको भन्दै थापाले उक्त टिप्पणी अत्यन्त दुराशयपूर्ण र खेदजनक भएको बताए । थापाद्वारा जारी प्रेस जोटमा भनिएको छ– ‘सम्माननीय प्रधानमन्त्रीप्रति लक्षित विज्ञप्तिमा रहेको ‘केपी ओली सरकारको कुनै ठोस कार्ययोजना नरहेको र प्रधानमन्त्री शारिरीक र मानसिक दृष्टिले अत्यन्तै कमजोर रहेको’ भन्ने टिप्पणी अशिष्ट र पूर्वाग्रही टिप्पणी अत्यन्त दुराशयपूर्ण र खेदजनक छ ।’

‘राज्यको जिम्मेवार तहमा रहिसकेका र आफूलाई सुशिक्षित भनेर चिनाउन रूचाउनेहरू संलग्न दलबाट यस स्तरको तरिका खासमा कुण्ठाग्रस्त गालीगलोज मात्र हो र सोचको दिवालियापन नै हो ।’ उनले भनेका छन्– ‘राजनीतिमा विवाद, मतभेद र असहमतिहरू हुन्छन्, जसलाई स्वाभाविक नै मानिन्छ । त्यसै आधारमा यस स्तरको अपसंस्कारको प्रदर्शनबाट कहाँ पुगिन्छ ? सम्बन्धित व्यक्ति र पक्षहरूले नै हेक्का राख्नु श्रेयष्कर होला ।’

https://www.facebook.com/105043977668882/photos/a.108620850644528/181825513324061/?type=3&theater

अरूबाट निर्देशित कदम, गलत नीति, विचार र व्यवहारले कोही कसैलाई सफलता हासिल हुँदैन भन्ने जगजाहेर रहेको उनको भनाई छ । ‘सम्मानित पदमा रहेका व्यक्तविरुद्ध प्रयोग गरिने अपमानजनक, तथ्यहीन, भ्रामक र गैरजिम्मेवार भाषाप्रति गम्भिर आपत्ति प्रकट गर्नैपर्छ, जो सभ्य समाजको मूल्य र मानक विपरित रहेका छन्,’ प्रेस नोटमा भनिएको छ– ‘जसपाको औपचारिक विज्ञप्तिमा प्रमप्रति प्रयोग गरिएको भाषा निन्दनीय रहेकोतर्फ सम्बन्धित सबैलाई स्पष्ट गर्दछु ।’

के थियो जसपाकाे विज्ञप्तिमा
जसपाले आइतबार जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्रीको मानसिक तथा शारीरिक स्वास्थ्यबारे टिप्पणी गरिएको थियो । ‘बैठकले वर्तमान राजनीतिक परिस्थितिको मूल्यांकन गरी मुलुकमा अहिले कोभिड–१९ को महाविपत्तिबाट मुक्त भई नसकेको अवस्थामा केपी ओली सरकारको कुनै ठोस कार्ययोजना नरहेको र प्रधानमन्त्री ओली शारीरिक र मानसिक दृष्टिले अत्यन्तै कमजोर रहेको छ’ विज्ञप्तिमा भनिएको छ ।

ओलीले अध्यादेश ल्याएर देशमा पार्टी विभाजन गर्ने तथा प्रतिपक्षलाई भूमिका विहीन गराउने किसिमबाट अधिनायवादी चरित्र देखाएको, संविधान संशोधन गर्ने सहमतिको परिपालना नगरी सरकार टिकाउन साम, दाम, दण्ड, भेद जस्ता अपराध गर्न अग्रसर भएको, राष्ट्रियता जस्तो विषयलाई भारतसँग जोड्ने वालापन देखाएको आरोप जसपाको आरोप थियो ।

हेर्नु विज्ञप्तिको पूर्ण पाठ :-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *