गोंगबु हत्याकाण्ड: चितवनबाट तीन जना पक्राउ

चितवन । काठमाडौंको गोंगबु मृत भेटिएका व्यक्तिको हत्या आरोपमा चितवनबाट ३ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख (एसपी) नान्तीराज गुरुङको नेतृत्वमा खटिएको टोलिले सोमबार राती पूर्वी चितवनको रत्ननगर १५, माधवपुरबाट उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा कल्पना मुडवरी, निता मुडवरी र निरज मुडवरी रहेका छन् । पक्राउ पर्नेहरुको स्थायी घर चितवनको कालिका ८, शक्तिखोर रहेकोमा हाल काठमाडौंको सामाखुसीमा अस्थायी रूपमा बस्दै आएका थिए । उनीहरुलाई थप अनुसन्धानको लागि काठमाडौं पठाईने एसपी गुरुङले जानकारी दिए ।

प्रहरीले आइतबार हत्यापछि जेब्रा झोलामा टाउको र खुट्टा तथा घाँटी मुनिदेखि घुँडामाथिसम्मको भाग सुटकेसमा हालेर फ्याँकिएको अवस्थामा शव फेला पारेको थियो ।काठमाडौंको गोङबुमा प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा सोमबार बिहानै मृत व्यक्तिको फोटो सार्वजनिक गरेपछि मृतकको पहिचान भएको थियो ।

प्रहरीले दिउँसो करिब तीन बजे सुटकेसमा शव फ्याँकिएको करिब ५० मिटर परको दुरीमा साढे तीन तले हरियो घरमा हत्या भएको निष्कर्ष निकालेको हो । प्रहरी स्रोतका अनुसार शव भेटिएको स्थानभन्दा ५० मिटर पर नव ज्योतिमार्ग स्थित सो घरको दोस्रो तलामा दाङका कृष्णबहादुर बोहोराको हत्या भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *