एनआरएन इन्फ्राइस्टक्चरको आईपीयोमा ९७ हजार ३ सय ४४ जनाको हात खाली, कतीले पाए ?

काठमाडौं । एनआरएन इन्फ्राइस्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले निष्काशन गरेको आईपीओ आज बिहान बाँडफाँड भएको छ । ४ लाख १८ हजार ९ सय १८ जना आवेदक मध्ये ९७ हजार ३ सय ४४ जनाले कम्पनीको सेयर पाएनन् । भने बाँकीले गोलाप्रथाबाट १० कित्ताको दरले सेयर हात पारेका छन् । ९ सय ६० जनाको आवेदन रद्द भएको थियो भने बाँकी ४ लाख १७ हजार ९ सय ५८ जनाको आवेदन सदर भएको थियो ।

सदर भएको आवेदनमध्ये ३ लाख २० हजार ६ सय १४ जना आवेदकले गोलाप्रथाबाट १० कित्ताको दरले सेयर पाएका छन् । बाँकी ९७ हजार ३ सय ४४ जना आवेदकको हात खाली भएको बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *