त्रिवि उपकुलपतिकाे कार्यालय ताेडफाेड, नेविसंघका ८ जना पक्राउ

काठमाडाैं । त्रिभुवन विश्वविद्यालयका उपकुलपतिकाे कार्यालयमा ढुंगामुढा गरी ताेडफाेड गर्ने ८ जना पक्राउ परेका छन् ।

नेविसंघ त्रिवि अध्यक्ष सम्झना खत्री, त्रिवि सचिव श्याम ओझा, त्रिवि उपाध्यक्ष संजय चौधरि, मनोज कुवर, बिस्णु बडेला, हरिस जोशी, राम थामी र रमेस कुवर पक्राउ परेका हुन् ।

नेविसंघका करिब १०/१५ जनाकाे समूहले विभिन्न मागहरू पुरा नभएकाे भन्दै बिहान करिब १०:१५ मा विश्वविद्यालयका उपकुलपति कार्यालयमा ढुङामुढा गरी १२ ओटा झ्यालका सिसा, रजिस्ट्रार कार्यलय अगाडि पार्किङ गरिराखेको बा १७ च २६११ न को गाडिको सिसा, बा १ प ८३६० न कर्मचारी बोक्ने गाडिको अगाडिको सिसा ताेडफाेड गरेका थिए ।

साथै उनीहरूले शिक्षाशास्त्र केन्द्रिय विभागका विभागिय प्रमुख दिप बहादुर अधिकारिको कार्यकक्षको बैठक रुमको ढोकाको सिसा, सोही कार्यालयको अर्को कोठामा रहेको एक थान कम्युटर पुर्ण रुपमा फुटाएका थिए ।

ताेडफाेड गरि भागेका ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएकाे हाे । ताेडफाेडमा संलग्न नेविसंघ त्रिवि सचिव गङ्गा न्यौपाने, अर्का सचिव योगेन्द्र रावल, अध्यक्ष स्यामचन्द्र अधिकारी, उपाध्यक्ष रोहन महतरा हरिस देउवा, डम्बर साउद लगायतकाे खाेजी भइरहेकाे प्रहरीले जनाएकाे छ ।

नेपाल विद्यार्थी त्रिभुवन विश्वविद्यालय इकाइ समितिले विगतदेखि नै त्रिभुवन विश्वविद्यालयमा भएका नियुक्ती खारेजी, ग्लोबल बैंक टियु हाताभित्रबाट हटाउनुपर्ने र कोरोनाका कारण रोकिएका परीक्षा दशैं अगावै आन्तरिक मुल्यांकनबाट गरि अर्को सेमेस्टरको पढाइ सुरु गर्नुपर्ने माग राख्दै आएका थिए । साेही माग पुरा नभएकाे भन्दै उनीहरूले ताेडफाेड गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *