नेप्से परिसूचक ६.६१ अंकले घट्यो

काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६.६१ अंकले घटेर बन्द भएको छ । सोमबार ३७.७४ अंक वृद्धि भएको परिसूचक आज ०.४६ प्रतिशत घटेर १४२३.८१ विन्दुमा ओर्लिएको हो । हिजो परिसूचक १४३०.४१ विन्दुमा रोकिएको थियो ।

आज अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडका शेयरधनीहरुले सर्वाधिक कमाएका छन् । यो कम्पनीको प्रतिशेयर मूल्य ९.९४ प्रतिशतले वृद्धि भएको छ । यो कम्पनीलको अन्तिम शेयर मूल्य ५६४ रुपैयाँ कायम भएको छ । नेपाल फाइनान्स लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यो कम्पनीको शेयर मूल्य ९.८० प्रतिशत घटि १८४ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *