लगानी बोर्डका सिइओ भट्टलाई काम नगर्न अदालतको आदेश

२०७७ साउन २७ गते

लगानी बोर्डको नवनियुक्त सीइओ, सुशील भट्ट। फाइल फोटो।
काठमाडौँ । पाटन उच्च अदालतले लगानी बोर्डका सिइओ सुशील भट्टलाई आइतबारसम्म काम गर्न रोक लगाएको छ ।
सिइओको नियुक्त बदर गर्न माग गर्दैै परेको रिट निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले आइतबारसम्म काम नगर्न नगराउन अन्तरकालीन अन्तरिम आदेश जारी गरेको हो ।
अधिवक्ता जयबहादुर भुजेलले सोमबार भट्टको नियुक्त बदर गर्न माग गर्दै रिट दर्ता गराएका थिए । यही साउन १९ गते (सोमबार) मन्त्रिपरिषद्ले सुशील भट्टलाई नियुक्त गरेपछि उनले बुधबार पदभार ग्रहण गरेका थिए ।

२०७७ साउन २७ गते
प्रतिक्रिया
सम्बन्धित