शैक्षिक संस्था अनिश्चितकालका लागि बन्द, सरकारी तथा गैरसकारी संस्थामा ५० प्रतिशत कर्मचारीले मात्र काम गर्नुपर्ने
काठमाडौं । कोरोनाको संक्रण वृद्धि हुदै जादा अर्को सूचना जारी नभएसम्म शैक्षिक संस्था बन्द नै रहने सरकारले बताएको छ । प्रवक्ता युवराज खतिवडाले जानकारी दिए ।
मन्त्रिपरिषदले गरेको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता युवराज खतिवडाले सो कुराको जानकारी दिएका हुन । शैक्षिक संस्था अनिश्चितकालका लागि बन्द भए पछि विद्यार्थीको भविष्य के हुने हो भनेर अन्योल बढ्दै गएको छ ।
सरकारी तथा गैरसकारी संस्थामा ५० प्रतिशत कर्मचारीमात्रै कार्यालयमा आउने र बाँकीले घरबाटै काम गर्ने व्यवस्था मिलाउने सरकारले निर्णय गरेको छ ।
खतिवडाले कोरोनाको संक्रमणदर झन बढ्दै गएकोले सरकारी तथा गैरसकारी संस्थामा ५० प्रतिशत कर्मचारीमात्रै कार्यालयमा आउने र बाँकीले घरबाटै काम गर्ने व्यवस्था गर्नु पर्ने बताए ।
बढी जनसम्पर्क हुने कार्यालयका सेवा अनलाइनबाट सम्भव नदेखिए अर्को निर्णय नभएसम्म बन्द गर्न उनले आग्रह गरेका छन् ।