वीपी प्रतिष्ठानले माग्यो ५० नर्स तथा १६ हाउस अफिसर


काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले ठूलो संख्यामा स्टाफ नर्स तथा हाउस अफिसर माग गरेको छ । प्रतिष्ठानले साउन २६ गते सुचना प्रकाशित गरी ५० जना स्टाफ नर्स तथा १६ जना हाउस अफिसर माग गरेको हो ।
प्रतिष्ठानको कोभिड अस्पतालका लागि आवश्यक जनशक्ति ६ महिनाको लागि माग गरीएको जनाइएको छ । उल्लेखित कर्मचारीहरु करारमा पदपुर्ति गर्न लागिएको हो ।
हाउस अफिसरका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट एमविविएस वा सो सरह उत्तिर्ण गरेको हुनुपर्छ भने, स्टाफ नर्सका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट नर्सिङ विषयमा प्रमाणपत्र तह उत्तिर्ण गरेको हुनुपर्नेछ ।
योग्यता पुगेको उम्मेद्वारले सुचना प्रकाशित भएको सात दिनभित्र अर्थात भदौ ३ गतेभित्र दरखास्त बुझाउन सक्नेछन् । इच्छुक उम्मेद्वारले वीपी प्रतिष्ठान धरान तथा प्रतिष्ठानको काठमाडौं बासबारी स्थित सम्पर्क कार्यालयबाट दरखास्त फारम लिन सक्नेछन् ।
हेर्नुहोस सुचना
