काठमाडौं आउन-जान पूर्ण रुपमा रोक 

काठमाडौं । कोभिड १९ संक्रमितहरुको संख्यामा वृद्धि भएपछि काठमाडौं भित्रिन र बाहिरिनका लागि दिइने पास पूर्ण रूपमा बन्द गरिएको छ ।

गृह मन्त्रालयको निर्देशनमा काठमाडौं जिल्ला प्रशासन कार्यालयले उपत्यकाबाट बाहिरिने र भित्रने सवारी पास अर्को व्यवस्था नभएसम्मका लागि पूर्ण रूपमा बन्द गरेको हो ।

आजदेखि सबै पास बन्द गरिएको काठमाडौं जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत कमलप्रसाद पाण्डेले कार्यालयबाट दिँइदै आएको पास पूर्ण रूपमा बन्द गरिएको जानकारी दिए ।

उनका अनुसार अन्य जिल्ला प्रशासनले पनि काठमाडौं भित्रने पास दिने छैन । पास वितरण बन्द भए पनि अत्यावश्यक सामान बोकेका सवारी साधन र एम्बुलेन्स भने चल्न पाउनेछन् ।

जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचना।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *