शेयर बजार १६.५३ अंकले घट्यो, धेरै समूह राताम्मे

काठमाडौँ । हिजो झिनो अंकले बढेको शेयर बजारमा आज घटेको छ । साताको चौथो दिन बुधबार १.५२ अंकले बजार बढेको थियो भने आज १६.५३ अंकले घटेको छ । १.१६ प्रतिशतले बजार घट्दा परिसूचक १४०८.७९ अंकमा झरेको छ ।

आज ट्रेडिङ समूहमा हरियाली छाएपनि बाँकी सबै समूह राताम्मे भए । बजार घटेको दिन आज नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको शेयर सबैभन्दा बढी किनबेच भयो ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको अनुसार आज १९१ कम्पनीका ३४ लाख ९ हजार ४ सय ६१ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ७ करोड ४३ लाख ७ हजार ४ सय ५८ रुपियाँ बराबरको कारोबार भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *