बिना धितो १५ लाखसम्मको ‘प्रोफेसनल कर्जा’
काठमाडौँ । कामना सेवा विकास बैङ्क लि. र नेपाल चार्टड एकाउन्टेन्ट सङ्घ. (ए क्यान) बीच ए क्यानमा आबद्ध सदस्यहहरुलाई बिना धितो ‘प्रोफेसनल कर्जा’ प्रवाह गर्ने सम्बन्धी सम्झौता भएको छ ।
द्विपक्षीय समझदारी पत्र अनुसार ए क्यानका सदस्यहरूलाई सरल तरिकाबाट बैङ्कको सबै शाखाबाट एकै दिनमा बिना धितोमा रु १५ लाख सम्मको प्रोफेसनल कर्जा प्रदान गरिनेछ ।
यो सम्झौता पछि धितो नभएर आफ्ना व्यक्तिगत आवश्यकताहरू पूरा गर्नको लागि बैङ्किङ सुविधा (कर्जा) लिनबाट वञ्चित व्यक्तिहरूलाई कर्जा लिन सहज हुने कुरामा आफू विश्वस्त रहेको बैङ्कका प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेतले जानकारी दिए । साथै, ए क्यानमा आबद्ध सदस्यका श्रीमतीद्वारा सञ्चालित व्यापार व्यवसायलाई समेत सहुलियतपूर्ण कर्जा प्रवाह गरिने बैङ्कका प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेतले जानकारी गराए ।
यस समझदारी पत्रमा कामना सेवा विकास बैङ्कको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेत र नेपाल चार्टड एकाउन्टेन्ट सङ्घ. तर्फबाट अध्यक्ष आनन्द राज शर्मा वाग्लेले कामना सेवा विकास बैङ्कको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमका बीच हस्ताक्षर गरेका थिए ।