भरतपुर अस्पतालको आकस्मिक कक्ष नै सिल
मकालु खबर
२०७७ साउन २९ गते
चितवन । भरतपुर अस्पतालमा कार्यरत एक स्टाफ नर्समा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि अस्पतालको आकस्मिक कक्ष नै सिल गरिएको छ ।
भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा बिहीबार गरिएको परीक्षणमा भरतपुरकी २५ वर्षीया नर्समा कोरोना संक्रमण पुष्टि भएको हो ।
उनी केही दिनयता लगातार आकस्मिक कक्षमा काम गर्दै आएकी थिइन् । इमर्जेन्सीमा रहेका बिरामीलाई अन्यत्र सारेर सिल गरिएको सूचना अधिकारी लिलाधर पौडेलले बताए ।
मकालु खबर
२०७७ साउन २९ गते
प्रतिक्रिया
सम्बन्धित