जुगल पहिरो-सम्बन्धित निकाय जिम्मेवार नबन्दा यस्तो परिस्थिति आयो : तरुण दल
मकालु खबर
२०७७ साउन ३० गते
काठमाडौं । सम्बन्धित निकाय जिम्मेवार नबन्दा सिन्धुपाल्चोकको जुगलमा पहिरोले क्षेति पुर्याएको तरुण दलले ठहर गरेको छ ।
शुक्रबार (आज) विज्ञप्ति निकाल्दै दलले सम्बन्धित निकाय जिम्मेवार नबन्दा यस्तो परिस्थितिको सामना गर्नुपरेको जनाएको हो ।
पहिरोमा ३८ जना बेपत्ता भएका र ३५ घरमा क्षति भएको खबरले दुःखित तुल्याएको बताउँदै दलले पटक पटक बस्ती जोखिममा रहेको र बस्ती संरक्षणका लागि पहल गरिदिन ध्यानाकर्षण गराउँदा पनि सम्बन्धित निकाय जिम्मेवार नबनेको उल्लेख गरेको छ ।
यस्तै दलले आम जनताको मागप्रति गैरजिम्मेवार हुनेलाई हदैसम्मको कारबाही हुनुपर्ने मागसमेत गरेको छ ।
सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ मा गएराति गएको पहिराले ३८ जना बेपत्ता भएका छन् भने ३३५ घरमा क्षति पुगेको छ ।
मकालु खबर
२०७७ साउन ३० गते
प्रतिक्रिया
सम्बन्धित