उपत्यकामा एक दर्जन बढि काम र व्यवसायमा निषेध

काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा एक दर्जन बढी काम कारवाही र व्यवसाय गर्न निषेध गरेको छ । काठमाडौं जिल्ला प्रशासन कार्यलयले उपत्यकामा कोभिड १९ संक्रमण बढ्दै गएको भन्दै एक दर्जनभन्दा बढि काम कारवाही र व्यवसाय गर्न निषेध गरेको जनाएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले शुक्रबार आदेश जारी गरी विभिन्न निषेधित गरिएका गतिविधिहरु सार्वजनिक गरेका छन् ।

जस अनुसार अब खुल्ला स्थानमा मानिस भेला र जम्मा हुन पाइने छैन । भीडभाड सभा र जुलुस गर्न पाइने छैन । जात्रा महोत्सव सञ्चालन तथा दैनिक नित्यपूजा बाहेक सम्पूर्ण धार्मिक गतिविधि पनि बन्द गरीएको छ ।

स्वास्थ्य मापदण्ड विपरितका गतिविधि, धार्मिक तथा सांस्कृतिक कार्यसम्बन्धी जमघट लगायतलाई निषेध गरिएको सूचनामा उल्लेख छ । यो नियम साउन ३० गते राति १२ बजेबाट भदौ १५ गतेसम्म लागू हुनेछ ।

शैक्षिक संस्थाहरु सञ्चालन गर्न नपाइने, सभा, गोष्टि, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, सैलुन, व्यूटी पार्लर, स्पा, स्विमिङ पुल जस्ता क्षेत्र पनि बन्द गरिएको छ । भने, ठेलागाडा र साइकलमा गर्ने व्यवसाय पनि बन्द गरिएको छ ।
स्थानीय प्रशासन ऐन २०२८ अनुसार आदेश विपरितका गतिविधिहरू भए कारवाही हुने भनिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *