चितवनमा थप २ जनामा कोरोना पुष्टि
मकालु खबर
२०७७ साउन ३० गते
चितवन । चितवनमा शुक्रबार थप दुई जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १४७ नमुना परीक्षण गर्दा दुई जनामा संक्रमण पुष्टि भएको हो ।
भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा भरतपुर महानगरपालिका–११ का ३२ वर्षीया महिला र पुष्पाञ्जली अस्पतालमा उपचाररत रत्ननगर नगरपालिका–९ का ६१ वर्षीय पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीले जानकारी दिइन् ।
यसअघि शुक्रबार नै दिउँसो वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यरत चार जनासहित ६ जनामा संक्रमण पुष्टि भएको थियो । यो सँगै शुक्रबार संक्रमण पुष्टि हुनेको संख्या ८ पुगेको छ ।
मकालु खबर
२०७७ साउन ३० गते
प्रतिक्रिया
सम्बन्धित