प्रधानमन्त्री ओलीद्वारा भारतीय समकक्षी मोदीलाई स्वतन्त्रता दिवसको शुभकामना
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई स्वतन्त्रता दिवसको बधाई तथा शुभकामना दिएका छन् ।
भारतको ७४औँ स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री ओली शनिबार (आज) भारतीय समकक्षी मोदीलाई सामाजिक सञ्जाल ट्वीटरमार्फत् शुभकामना दिएका हुन् ।
“भारतीय जनताको प्रगति र समृद्धिको लागि हार्दिक शुभकामना व्यक्त गर्छु ।” ओलीले सामाजिक ट्वीटमा उल्लेख गरेका छन् । १५ अगस्ट अर्थात् आजकै दिन सन् १९४७ मा भारत बेलायती उपनिवेशबाट स्वतन्त्र भएको थियो ।
त्यही दिनको सम्झनामा भारतमा रहेक वर्ष १२ अगस्टमा स्वतन्त्रता दिवस मनाउने गरिन्छ ।
Congratulations and greetings to Prime Minister Shri @narendramodi ji, the Government and people of India on the happy occasion of the 74th Independence Day. Best wishes for more progress and prosperity of the people of India.
— K P Sharma Oli (@kpsharmaoli) August 15, 2020